बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक सुरु

सोमबार, १५ मङ्सिर २०८२, १४ : ५७
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भएको छ।
  • बैठकमा १५ औं महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ।
  • विभिन्न नेताहरूको सहमति पछि पुसमा महाधिवेशन गर्न लागिएको हो।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिकाे बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा पुस अन्तिम साता पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी छ । 

त्यो कार्यतालिकामा सबैको सहमति रहेको नेताहरूले बताएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्छ भन्ने अडान लिँदै आएका पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि पुसमा महाधिवेशन गर्न तयार भएपछि मध्यमार्गी प्रस्तावका रूपमा केन्द्रीय समितिमा पेस गर्न लागिएको हो । 

गत मंसिर ६ गतेदेखि महाधिवेशनको मितिमा कुरा नमिलेपछि कांग्रेस बैठक सर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप