सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैन: मुख्यमन्त्री यादव
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेशको पत्र नपाएको बताए।
- सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सोमबार परमादेश जारी गरेको थियो।
- मुख्यमन्त्री यादवले सर्वोच्चको आदेश शिरोधार्य गरेर अगाडि बढ्ने बताए।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टा भित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । यद्यपि आफूले अहिलेसम्म पत्र प्राप्त नगरेको उनले बताए ।
उनले भने ‘अब केही बेरपछि मेल खोल्छु चिठी आएको छ कि छैन भन्ने हेर्छु ।’ मुख्यमन्त्री यादवले सर्वोच्चले आफूलाई दिएको आदेशलाई शिरोधार्य गरेर अगाडि बढ्ने समेत बताए ।
उनले विश्वासको मत लिन नसके राजीनामा दिने सङ्केत दिएका छन् । विश्वासको मत प्राप्त गर्नका लागि परामर्श अगाडि बढाइसकेको उनको भनाइ छ । उनले भने ‘सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अगाडि बढाएको छु, विश्वासको मत लिन सक्ने वा नसक्ने पहिल्यै नै थाहा भई हाल्छ । विश्वासको मत लिन नसक्ने स्थिति आए राजीनामा दिनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
-
कबाडी सामान बोकेका थप २ ट्रक सशस्त्रको नियन्त्रणमा
-
१२ बजे १२ समाचार : चीनमा २ नेपाली युवा पक्राउ, कर्मचारीहरूको सरुवा प्रक्रिया अब डिजिटल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण