बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा आगजनी गर्ने एमाले युवा सङ्घका स्थानीय नेता आनन्द साहसहित ८ जना पक्राउ

मङ्गलबार, १६ मङ्सिर २०८२, १६ : ५८
मङ्गलबार, १६ मङ्सिर २०८२

विराटनगर । जेनजी आन्दोलनका क्रममा रंगेलीका सरकारी कार्यालयमा आगजनी गर्ने एमालेनिकट युवा सङ्घका स्थानीय नेता आनन्द साहसहित ८ जना पक्राउ परेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–३ का भुपाल भण्डारी र रुपक गौतम, रंगेली–४ का रमेश कुमार मण्डल, रंगेली–६ का रुपेश यादव, रंगेली–७ का आनन्द साह, कटहरी गाउँपालिका–२ का समीर क्षेत्री र दोर्जे प्रतिक तामाङ तथा जहदा गाउँपालिका–१ का गणपत यादव रहेका छन् ।

मोरङ जिल्ला अदालतबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले गत मंसिर १५ गते आ–आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई हाल थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप