अझै सुरु हुन सकेन मधेस प्रदेशसभा बैठक, सुरक्षा व्यवस्था कडा पारियो (तस्बिरहरू)
सारांश
- मधेस प्रदेश सभाको बैठक मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको थियो, तर सुरु हुन सकेको छैन।
- सर्वोच्च अदालतको आदेशानुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
- मुख्यमन्त्री यादवको पक्षमा बहुमत सांसद नभएकाले राजीनामा दिने अड्कलबाजी गरिएको छ।
जनकपुर । बिहान साढे ८ बजेका लागि आह्वान गरिएको मधेस प्रदेशसभा बैठक अझै सुरु हुन सकेको छैन । मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने बताएपछि आजका लागि प्रदेशसभा बैठक बोलाइएको थियो ।
प्रदेशसभा बैठक सुरु हुन ढिलाइ भएपछि सांसद्हरु संसद् परिसरमा जुटेका छन् । प्रदेशसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन बताएका थिए । यद्यपि उनको पक्षमा बहुमत सांसद नभएकोले राजीनामा दिने अड्कालबाजी गरिएको थियो ।

मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेकामा सरकार बनाउन कम्तीमा ५४ मत आवश्यक पर्छ। एमालेसँग २५ सांसद छन्, जसमध्ये एक जना निलम्बित छन्। नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद एमाले पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण