कान्ति राजमार्ग ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
सारांश
- ललितपुर जिल्ला प्रशासनले कान्ति राजमार्गमा ६० दिनका लागि सवारी आवागमन बन्द गरेको छ।
- सडक स्तरोन्नतिको कामले गर्दा मङ्सिर २० गतेदेखि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बाटो बन्द हुनेछ।
- यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा तोकिएको समय बाहेक यात्रा गर्न सुझाव दिइएको छ।
काठमाडौँ। काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो दूरीको कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
प्रशासनले जारी गरेको सूचना अनुसार, २०८२ मङ्सिर २० गतेदेखि लागू हुने गरी ६० दिनसम्म बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । कान्ति राजमार्ग सडक योजना, एकान्तकुनाको पत्रानुसार उक्त सडक खण्डका विभिन्न स्थानहरूमा सडक फराकिलो बनाउने र कटिङको काम भइरहेको छ ।
निर्माण कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सवारी आवागमन रोक लगाएको जिल्ला प्रशासन ललितपुरलेले जनाएको छ। साथै मङ्सिर २० गतेदेखि कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति पदको अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु
-
अब वीरेन्द्रनगरमा ‘लाइन होइन, अनलाइन’
-
भारतमा रुसी तेल आयात कीर्तिमानी स्तरमा पुग्ने संकेत
-
पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता
-
कम्पनी दर्तासँगै अनलाइनबाटै प्यान प्रमाणपत्र डाउनलोड गर्न सकिने
-
विद्यार्थी सङ्गठनका संरचना हटाउने त्रिविकाे निर्देशन फिर्ताकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण