मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

लक्ष्मीदेवी गुरुङले छाेडिन् २५ वर्षदेखिकाे प्रचण्डकाे साथ

बिहीबार, १८ मङ्सिर २०८२, १९ : ०९
बिहीबार, १८ मङ्सिर २०८२

काठमाडौँ। नेपालका राजनीतिक घटनाक्रममा लामो समय सक्रिय भूमिकामा रहेकी तथा जनयुद्धकालीन मोर्चाबाट उदाएकी रामेछापकी लक्ष्मी देवी गुरुङले २५ वर्ष लामो माओवादी यात्राको पूर्णविराम लागेको घोषणा गरेकी छिन् ।

पार्टी विघटनपछि वैचारिक असहमति र सङ्गठनभित्रको विचलनका कारण आफू अलगिएकाे उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै लेखिएको विस्तृत पत्रमार्फत बताएकी हुन् । 

गुरुङले तीन सातादेखि पार्टी क्रियाकलापबाहिर बसे पनि विभिन्न साङ्गठनिक सर्कुलर आइरहँदा आफ्ना कारणहरू स्पष्ट पारेको बताइन् । 

उनले पार्टीभित्र “अस्वस्थ अन्तरसंघर्ष, अन्तरविरोध, कार्यशैलीको गिरावट र वैचारिक सिद्धान्तमाथि आक्रमण” बढ्दै गएको दाबी बताइन् । 

गुरुङले पार्टीभित्र आफूले भोगेको भेदभाव र असहयोगका केही उदाहरणसमेत उल्लेख गरेकी छन् । 

  • चुनावमा टिकट पाएपछि आफ्नै केही नेताबाट ‘नो–भोट अभियान’ चलाइएको
  • ‘सहिदको रगतको ब्याज खाएको’ जस्ता अपमानजनक आरोप सहनुपरेको
  • एकल महिला भएको कारण सामाजिक रूपमा हेपिएको
  • सङ्गठन सुधारको आवाज उठाउँदा ‘अल्पमतको दण्ड’ भोग्नुपरेको

पार्टी विघटनबारे टिप्पणी गर्दै उनले प्रचण्डको नेतृत्वमा वैकल्पिक मार्ग खोजिन नसकेको, जनयुद्धका सपना संरक्षण गर्न नसकिएको र नवगठित पार्टी कुनै पनि मापदण्डबाट “कम्युनिष्ट–क्रान्तिकारी” नठहरिने उनले निष्कर्ष निकालेकी छन् ।

गुरुङले पार्टी तथा प्रदेश नेतृत्वमा कामका क्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सामाजिक क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप