हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
बिहीबार, १८ मङ्सिर २०८२, २२ : ०२
राजविराज । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।
यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई÷तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।
हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण