बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

पूर्वप्रहरी हवल्दार सिता कँडेलको हत्यामा संलग्न आरोपी पक्राउ

शुक्रबार, १९ मङ्सिर २०८२, १५ : १३
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • लमजुङमा पूर्वप्रहरी हवल्दार सिता कँडेलको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
  • प्रहरीले चितवनका बुद्धिराम दराईलाई रुपन्देहीबाट पक्राउ गरेको छ, जो यसअघि हत्या मुद्दामा जेल परेका थिए।
  • दराई र कँडेलको चिनजान भिमफेदी कारागारमा भएको र छुटेपछि कँडेलको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

काठमाडौँ । लमजुङमा पूर्वप्रहरी हवल्दार ४५ वर्षीया सिता कँडेलको हत्यामा संलग्न एक जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । वेसीशहर नगरपालिका वडा नम्बर–२ स्थित भकुन्डेमा २०८१ चैत ३१ मा कँडेलको शव भेटिएको थियो ।

उनको हत्यामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर–६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई पक्राउ गरेको हो ।

आरोपीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहियाबाट बिहीबार पक्राउ गरिएको सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

दराई यसअघि पनि हत्या मुद्दामा जेल परेका थिए । उनीविरुद्ध अदालतले २०६८ असार २० मा सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । सजाय भुक्तानको क्रममा हवल्दार कँडेललाई उनले भिमफेदी कारागारमा चिनेका थिए । कारागारबाट छुटेपछि उनकै हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप