ललितपुर महानगरद्वारा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मानित
ललितपुर । २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर नेपालमा यो दिवस मनाउने गरिन्छ ।
दिवसका अवसरमा देशभरका विभिन्न स्थानीय तहहरूले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान कार्यक्रम आयोजना गरेका छन् । यसै क्रममा ललितपुर महानगरपालिकाले पनि महानगरभित्र रहेका वडाका उत्कृष्ट र अवकाश प्राप्त महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन ले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथले नै महानगरको स्वास्थ्य क्षेत्र उत्कृष्ट भएको बताए । उनले जनताको स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महानगरले स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजनसम्बन्धी चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन र स्वास्थ्य शिक्षा प्रदानजस्ता महत्त्वपूर्ण कामहरू गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा मोरक्कोको पुनरागमन, खेल १–१ को बराबरीमा
-
रौतहट प्रहरीद्वारा एकैदिनमा १० जना फरार प्रतिवादी पक्राउ
-
तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
गाक्पोको गोलमा नेदरल्यान्ड्सले लियो अग्रता
-
‘झिँगे दाउ २’को ‘महिमा आमाको’ गीत: मदनकृष्ण, मिथिलादेखि चैत्यदेवीसम्मको छमछमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण