मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले भने– प्रदेशको बेथिति हटाउँछु

शुक्रबार, १९ मङ्सिर २०८२, १७ : २२
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको बेथिति हटाउने आफ्नो पहिलो काम हुने बताएका छन् ।

शुक्रबार यादव सात दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।

‘अब हाम्रो योजना भनेको प्रदेश बेथितिमा रहेको छ, पहिलो काम थितिमा ल्याउने हो’, उनले भने, ‘सुशासन कायम गर्ने हो ।’

उनले मधेस प्रदेश गरिबी र अशिक्षाबाट गुज्रिरहेको भन्दै पहिलो प्राथमिकता दिएर काम सुरु गर्ने बताए । उनले त्यसअघि चरणबद्ध रूपमा मन्त्रिमण्डल विस्तार गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप