मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति

मङ्गलबार, ०२ असार २०८३, १० : ३५
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
  • उनले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
  • सांसद स्वारले यी दुई क्षेत्रका समस्या समाधान नहुनु भनेको देशको विकास प्रक्रिया नै अवरुद्ध हुनु भएको बताएका हुन् ।

काठमाडौँ । सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्ति उनले आपत्ति जनाएका छन् । 

पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् । सांसद स्वारले यी दुई क्षेत्रका समस्या समाधान नहुनु भनेको देशको विकास प्रक्रिया नै अवरुद्ध हुनु भएको बताएका हुन् । 

सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीहरूलाई राज्यको महत्त्वपूर्ण खम्बाको रूपमा चित्रण गरे। उनले भने, 'निर्माण व्यवसायी र यातायात व्यवसायीहरू पनि यही देशका नागरिक हुन् । उनीहरूको काममा बाधा पुग्नु वा समस्या आउनु भनेको देशकै विकासमा बाधा पुग्नु हो । त्यसैले उनीहरूको मनोबल बढाउनु सरकारको प्राथमिक कर्तव्य हुनुपर्छ ।' 

सांसद स्वारले निर्माण व्यवसायी र यातायात क्षेत्रका समस्याहरूलाई ससाना विषय भनेर पन्छाउन नमिल्ने बताए । उनले थपे, 'निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्याहरू केवल उनीहरूका मात्र समस्या होइनन्, यी देशकै समस्या हुन् । सरकारले यिनको दीर्घकालीन समाधानका लागि उचित पहल गर्नुपर्छ र यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।' 

सांसद स्वारले पूर्वाधार विकास समितिमा आउने यी क्षेत्रका समस्याहरूलाई केबल छलफलमा मात्र सीमित नराखी मन्त्रालयमार्फत तत्काल कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिए । उनले सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई जिम्मेवार बन्न निर्देशन दिँदै समस्या समाधानका लागि हरेक बैठकमा ठोस कार्यसूची तय गर्नुपर्नेसमेत  सुझाव दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप