मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीमा जनपक्षीय पत्रकारिता तालिम सुरु

जनपत्रकारहरूको भूमिका बढाउन नेता विरहीको जोड
शुक्रबार, १९ मङ्सिर २०८२, २० : २५
शुक्रबार, १९ मङ्सिर २०८२

काठमाडौँ । महोत्तरीको बर्दिवासमा जनपक्षीय पत्रकारिताका लागि आधारभूत तालिम सुरु भएको छ । जनप्रचार तथा प्रकाशन प्रा.लि मधेस प्रदेशले आयोजना गरेको तालिम शुक्रबार महोत्तरीको बर्दिवास ८ हात्तिलेथमा सुरु भएको हो । 

तालिम उद्घाटन गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का स्थायी समिति सदस्य एवम्  मधेस प्रदेशका इन्चार्ज अनिल सीले मधेसमा जनपक्षीय पत्रकारिता अभावले सामन्तवाद हाबी रहेको बताए । 

उनले मधेसमा रहेको पुरानै सामन्तवादका शैली र तौरतरिका विरुद्ध लड्न जनपक्षीय  कलम चलाउने पत्रकारको अभाव रहेको बताउँदै यो तालिमले पूर्ति गर्नेमा विश्वास व्यक्त गरे । 

तालिम उद्घाटन कार्यक्रममा नेकपा (माओवादी)का पोलिटब्युरो सदस्य देवनारायण सी,सांसद तथा माओवादी केन्द्रीय सदस्य तथा सहित परिवार शीला सीले तालिम सफलताको शुभकामना दिएका थिए । जनपत्रकार सङ्गठन नेपालका संस्थापक केन्द्रीय अध्यक्ष एवम् जनप्रचार तथा प्रकाशन प्रा.लिका प्रधानसम्पादक प्रकाश डुम्रेको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको सञ्चालन जनपत्रकार सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शोभराज बरालले गरेका थिए । 

तालिमको पहिलो दिन सूचना प्रविधिको विकास, पत्रकारितामा सूचना प्रविधि र उद्घोषणाको बारेमा तालिमका प्रमुख प्रशिक्षक पत्रकार डुम्रे र प्रशिक्षक बरालले प्रशिक्षण दिएका थिए । दुई दर्जन बढी प्रशिक्षार्थी सहभागी तालिम आइतबारसम्म चल्नेछ ।

तालिममा मधेसका जनपक्षीय मुद्दाहरूलाई प्राथमिकतासाथ राष्ट्रियकरण गर्ने विषयमा समेत प्रशिक्षण दिइने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप