मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

कान्ति राजमार्ग बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

शनिबार, २० मङ्सिर २०८२, ११ : ००
शनिबार, २० मङ्सिर २०८२

सारांश

  • ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति राजमार्गमा सडक स्तरोन्नतिको कामको लागि सवारी आवागमनमा रोक लगाएको छ।
  • सडक विस्तार र कटिङको काम भइरहेको हुनाले, दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) यो सडक बन्द रहनेछ।
  • यात्रु र चालकहरूलाई तोकिएको समय बाहेक अन्य समयमा यात्रा गर्न वा वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।

काठमाडौँ ।  कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

कान्ति राजमार्ग सडक योजना एकान्तकुनाको कार्यक्षेत्रमा पर्ने सडक विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने भएको हो ।

साथै कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि बेलुका ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न  आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप