समाजवाद स्थापनाका लागि सबै कम्युनिस्टहरू एक हुनुपर्छ–झलनाथ खनाल
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समाजवाद स्थापनाका लागि सबै कम्युनिस्ट एकैठाउँमा आउनुपर्ने बताएका छन् ।
२०६२/०६३ मा भएको जनआन्दोलन पुँजीवादी आन्दोलन भएको र त्यो आन्दोलनले मजदुर र श्रमिकको अधिकार सुनिश्चत गर्न नसकेको उनले बताए ।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै देशमा जति आन्दोलन भए पनि उत्पीडित जनसमुदायमाथि विभेद नहटेको उनले बताए । पुँजीवादी लोकतन्त्र विश्वमै थोत्रो भइसकेकाले नेकपा समाजवादी लोकतन्त्रका लागि अगाडि बढिसकेको उनको भनाइ थियो ।
त्यसका लागि देशका सम्पूर्ण कम्युनिस्ट पार्टीलाई एकता गर्न आफूहरू लागेको उनले बताए । 'नेपाली विशेषताको समाजवाद स्थापना गर्न पुँजीपतिहरूसँग साँठगाठ गरेर हुँदैन, आमजनतासँग मिलेर मात्र सम्भव छ,' उनले भने, 'यो धर्तीको स्वर्ग हो, समान्ती शासकहरूले यसलाई गरिबहरूको देश बनाए ।'
उनले देशमा सबै कम्युनिस्ट पार्टी एक नभएसम्म यो देश स्वर्ग बन्न नसक्ने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण