कटुवा पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक रुपन्देहीबाट पक्राउ
शनिबार, २० मङ्सिर २०८२, १६ : ५६
सारांश
- रुपन्देहीको गैडहवामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा भारतका नागरिकहरू रहेका छन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका-३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेष्टुरेन्टबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्डसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत सिद्धाथनगर सदरथाना डिहवा बस्ने ५२ वर्षीय महमद रमजान र भारत थानाबासी मरचहवा बस्ने ४२ वर्षीय सञ्जय पासी रहेका छन्।
इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०२६ को जुनमा पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि
-
‘सास फेर्ने ठाउँ’ खोज्दैछ बैंकिङ क्षेत्र, निजी क्षेत्रसँग छैनन् ठोस एजेन्डा
-
‘फेरि रेशम फिलिली’ विवाद : अभिनेता विनय श्रेष्ठविरुद्ध निर्माता रौनक विक्रम पुगे अदालत
-
बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा सिंह नियुक्त
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण