एस्टन भिल्लाको रोमाञ्चक जित, आर्सनललाई स्तब्ध पार्दै उक्लियो दोस्रो स्थानमा
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार साँझको रोमाञ्चक खेलमा एस्टन भिल्लाले बलियो प्रतिद्वन्द्वी आर्सनललाई पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
भिल्लाको यो जितसँगै आर्सनलको शीर्ष स्थानमा आफ्नो अग्रता थप सुदृढ गर्ने अवसर गुमेको छ ।
घरेलु मैदान भिल्ला पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा एस्टन भिल्लाले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा गोल बेहोरेको थियो । खेलको ३६औं मिनेटमा म्याटी क्यासले उत्कृष्ट गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ५२औं मिनेटमा लियान्ड्रो ट्रोजार्डले आर्सनलका लागि बराबरी गोल फर्काएपछि खेल थप रोमाञ्चक बनेको थियो ।
खेल बराबरीमा सकिने अनुमान भइरहँदा अन्तिम समयमा एमी बुएन्डियाले आकर्षक गोल गर्दै एस्टन भिल्लालाई बहुमूल्य जित दिलाए ।
बुएन्डियाको यो निर्णायक गोलले भिल्ला पार्कमा खुसीको लहर छाएको थियो ।
यस जितसँगै एस्टन भिल्लाले १५ खेलबाट ३० अंक जोड्दै प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ । अर्कोतर्फ पराजयका बाबजुद आर्सनल समान १५ खेलबाट ३३ अंकसहित शीर्ष स्थानमा यथावत् छ ।
लिगमा आर्सनलको यो तेस्रो हार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण