समूह चरणको अन्तिम खेलमा आज कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदै
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण समूह चरणको अन्तिम खेलसँगै नयाँ मोडमा प्रवेश गर्दैछ।
- कीर्तिपुरमा जारी खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स दिउँसो ३:३० बजे प्रतिस्पर्धा गर्दैछन्।
- सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेका छन्।
काठमाडौँ। मंसिर १ गतेदेखि जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण आज समूहचरणको अन्तिम खेलसँगै नयाँ मोडमा प्रवेश गर्दैछ ।
कर्णाली याक्स र जनकपुर बोल्ट्स आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आमनेसामने हुँदैछन् । छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन् ।
यसैबिच, प्रतियोगिताको ‘प्लेअफ’ समीकरण पूर्ण रूपमा तयार भइसकेको छ । सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स ‘प्लेअफ’ चरणमा प्रवेश गरिसकेका छन् ।
मंगलबार हुने पहिलो ‘क्वालिफायर’ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्नेछन् । उक्त खेलको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले काठमाण्डु र लुम्बिनीबिच हुने ‘एलिमिनेटर’ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीको बयान सुरु
-
दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण