शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने, १२ वटा दलको ५ वटा संयुक्त चुनाव चिह्न

आइतबार, २१ मङ्सिर २०८२, १६ : ०५
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा जाने भएका छन् ।

 १२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । १२ वटा राजनीतिक दलहरूले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उनले बताए  । उनकाअनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् ।

 एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप