बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

आइतबार, २१ मङ्सिर २०८२, १६ : ५५
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका १० घर भई काठमाडौँ बस्दै आएका ३३ वर्षीय भीमबहादुर महर पक्राउ परेका हुन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई  काठमाडौँको सुकेधाराबाट पक्राउ गरेको हो । 

महरमाथि बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर पोर्चुगल पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेको आरोप छ । उनलाई आवश्यक कारवाहीका लागि  वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप