बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनका क्रममा सुन्धारा कारागारबाट भागेका व्यक्ति पक्राउ

सोमबार, २२ मङ्सिर २०८२, २१ : ४९
सोमबार, २२ मङ्सिर २०८२

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धाराबाट भागेका एक व्यक्ति आज पक्राउ परेका छन् ।

वन्यजन्तुको अखेटोपहार तस्करीमा दोषी ठहर भई कारागारमा सजाय भुक्तान गर्दै आएका र भदौ २४ गते भागेका ती व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–८ घर भई हाल मनमैजु बस्ने २२ वर्षका सविन गुरुङ रहेका छन् ।

उनलाई विशेष सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आज तारकेश्वर नगरपालिकाको मनमैजुबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । 

गुरुङविरुद्ध मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ भदौ २८ गतेको फैसलाले ६ वर्ष कैद सजाय तोकेको थियो । उनलाई आजै कैद भुक्तानीका लागि केन्द्रीय कारागार कार्यालय पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप