कार्यालय सहयोगीको भरमा स्वास्थ्य संस्था
बिहीबार, २८ असार २०७५, १३ : ४८
जाजरकोट– यहाँको एक दुर्गम ठाउँमा रहेको स्वास्थ्य संस्थामा कार्यालय सहयोगीले स्वास्थ्य चलाउने गरेका छन् । जिल्लाको जुनिचाँदे गाउँपालिका–८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको छ ।
वैशाख ५ गतेदेखि कार्यालय सहयोगी नरबहादुर बस्नेतको भरमा सो कार्यालय सञ्चालन हुँदै आएको छ । यहाँ कार्यरत अहेव लोकेन्द्र बस्नेत वैशाख ५ देखि कार्यालयमा हाजिर नभएको पाइएको हो ।
बिरामी जाँच्नेदेखि औषधि वितरण सम्मको कामसम्म कार्यालय सहयोगी नरबहादुरले गर्दै आएको बताए । अहिले यो स्वास्थ्य संस्थामा मौज्दात रहेको औषधिसमेत म्याद गुर्जिएको अवस्थामा रहेको पाइएको छ ।
दैनिक ३० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने भए पनि उपचारको अभावमा फर्कने गरेको कार्यालय सहयोगी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण