स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ
सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले स्रोत नखुलेको नगद रकमसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारी अनुसार गत मङ्सिर २३ गते दिउँसो करिब १२: ३० बजे सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ मा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारी सिरहाबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा स्कुटीको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नगद नेपाली रुपैयाँ सात लाख फेला पारेको थियो ।
सो घटनामा संलग्न स्कुटी चालक सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ बस्ने करिब ४६ वर्षीय दिनेश महतोलाई नगद रकमसहित स्कुटी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका महतोलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई आवश्यक अनुसन्धानपछि मङ्सिर २४ गते ठाडी भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण