शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि ठेक्का खुलाउन निर्देशन

बिहीबार, २५ मङ्सिर २०८२, १६ : ३८
बिहीबार, २५ मङ्सिर २०८२

सारांश

  • मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गको पहिरो रोकथामका लागि तत्काल ठेक्का खोल्न निर्देशन दिए।
  • मनसुनजन्य विपद्का कारण पटक-पटक सडक अवरुद्ध भएपछि स्थानीयले राजमार्ग बन्द गरेका थिए।
  • मन्त्री घिसिङले पहिरो रोकथामको टेन्डर प्रक्रिया सुरु गरी राजमार्ग खुलाउन निर्देशन दिएका छन्।

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अरनिको राजमार्गकाे ‘ईको’ पहिरो रोकथामका लागि तत्काल ठेक्का खुलाउन निर्देशन दिएका छन् । बिहीबार उनले मन्त्रालयका सचिव केशवकुमार शर्मालाई उक्त पहिरो रोकथामका लागि तत्काल ठेक्का आह्वान गर्न निर्देशन दिएका हुन् । 

चालु वर्षमा मनसुनजन्य विपद्का कारण पहिरो जाँदा पटक-पटक उक्त सडक अवरुद्ध भएको थियो । साे सडकखण्डमा यो पहिरो लामो समयदेखि प्रमुख समस्याको रूपमा रहेको छ । उक्त पहिरो रोकथामका लागि  पहल नगरेको भन्दै स्थानीयले केहि दिनदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । 

स्थानीय जनताबाट अवरुद्ध राजमार्ग खुलाउने विषयमा छलफल गर्दै मन्त्री घिसिङले सचिव शर्मालाई पहिरो रोकथामको टेन्डर प्रक्रिया तुरुन्त सुरु गरी राजमार्ग अवरोध खुलाउन निर्देशन दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप