युथ पारा गेम्समा टेबलटेनिसतर्फ स्वीकृतले जिते रजत
शुक्रबार, २६ मङ्सिर २०८२, १७ : २०
सारांश
- स्वीकृत न्यौपानेले दुबईमा भएको एसियाली युथ पारा गेम्समा टेबलटेनिसको यू-२३ पुरुष सिंगल्समा रजत पदक जिते।
- न्यौपानेले समूह चरणमा जित्दै सेमिफाइनलमा फिलिपिन्सका खेलाडीलाई हराएर फाइनलमा पुगेका थिए।
- फाइनलमा उनी चाइनिज ताइपेईका खेलाडीसँग पराजित भए।
काठमाडौँ । दुबईमा भइरहेको पाँचौँ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको यू–२३ पुरुष सिंगल्स (क्लास ७) मा स्वीकृत न्यौपानेले रजत पदक जितेका छन्।
समूह चरणमा पहिलो हुँदै सेमिफाइनलमा पुगेका स्वीकृतले काजकिस्तान, किर्गिस्तान र इराकका खेलाडीलाई पराजित गरेका थिए। सेमिफाइनलमा स्वीकृतले फिलिपिन्सका खेलाडीलाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए।
यद्यपि, फाइनलमा उनी चाइनिज ताइपेईंसँग २–३ को सेटमा चुके।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण