स्कुलिङ नमिलेपछि उपेन्द्र यादवलाई छाडेर तिवारी राजेन्द्रको पार्टीमा प्रवेश
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका विकास तिवारी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
मंसिर २५ गते राजीनामा दिएका उनी २६ गते राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गरेका हुन् । नेता तिवारीले भने, ‘उपेन्द्र यादवसँग स्कुलिङ नमिलेको कारण छाडेको हुँ, प्रवेश गर्नेबेला केही आश्वासन र प्रतिबद्धता पाएका थिए, पाँच वर्षको अवधिमा त्यो मैले कतै अनुभव गर्न पाइनँ ।’
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको स्कुलिङ वामपन्थी स्कुलिङ भएको तर आफू गजेन्द्रबाबु स्कुलिङबाट आएको बताउँदै उनले जसपा नेपालमा गजेन्द्रबाबुलाई भावनात्मक सम्मान नदिएको आफूले पाएको बताए । उनले भने, ‘म आफूलाई गजेन्द्रबाबुको शिष्य मान्छु र गजेन्द्रबाबु जस्तै महान् व्यक्ति उपेन्द्र यादव पनि हुनुहुन्छ त्यस्तै भावना र विश्वास त्यहाँ पाइन्छ कि भनेर सो पार्टीमा गएको तर गजेन्द्रबाबुको बारेमा त्यहाँ सकारात्मक सोच देखिएन ।’
उपेन्द्र यादवलाई मधेसमा आफूले मात्र आन्दोलन गरेको, मधेसले जे उपलब्धि प्राप्त गरेको छ, त्यो आफ्नो कारणले मात्र प्राप्त गरेको छ लागेको उनको भनाइ छ ।
उपेन्द्र यादवले बाहिर भ्रष्टाचारको कुरा जति गरेपनि पार्टीभित्र त्यस्तो आफूले नपाएको बताउँदै उनले आफूले मधेस प्रदेश सरकारको भ्रष्टाचारको कुरा, मुख्यमन्त्रीले गरेको अनियमितताको कुरा पार्टीमा उठाउँदा उपेन्द्र यादवलाई मन नपरेको आफूले महसुस गरेको बताए ।
नेता तिवारीले भने, ‘गजेन्द्रबाबु जे बोल्नु हुन्थ्यो त्यो पुरा गर्नुहुन्थ्यो, उपेन्द्रजी पनि त्यस्तै महान् व्यक्ति हुनुहुन्छ उहाँले पनि बोलेको कुरा पुरा गर्नुहुन्छ जस्तो लागेको थियो तर उहाँले बोलेको कुरा कहिले कार्यान्वयन गर्नुभएको छैन ।’
नेता तिवारीले विगतमा गजेन्द्रनारायण सिंहका साथमा लामो समय काम गरेका थिए । गजेन्द्रनारायणको बारेमा थुप्रै पुस्तक पनि प्रकाशन गरेका उनले पछि आफ्नै नेतृत्वमा पार्टी पनि बनाए । भ्रष्टाचार विरुद्ध अभियानमा लागेका उनी जसपा नेपालमा पाँच वर्षअघि प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण