शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आईपीएल

आईपीएल मिनी-अक्सन : कुन टोलीको नजर कस्ता खेलाडीमाथि ?

मङ्गलबार, ०१ पुस २०८२, १३ : ०८
मङ्गलबार, ०१ पुस २०८२

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन आज (मंगलबार) हुँदैछ । विश्व क्रिकेटकै सबैभन्दा ठुलो फ्रेन्चाइजी लिगको यो अक्सन नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

आईपीएल-२०२६ का लागि सबै टोली आफ्नो टिमलाई बलियो बनाउन ठुलो रकम खर्चिन तयार छन् । विशेषगरी कोलकाता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्स (सीएसके) सँग ठुलो रकम (पर्स) बाँकी रहेकाले यो मिनी–अक्सनमा केही खेलाडी कीर्तिमानी रकममा अनुबन्ध हुने अनुमान गरिएको छ ।

कुन टोलीको रणनीति कस्तो ?

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)

साविक विजेता बेंगलुरुको ‘प्लेइङ ११’ लगभग तयार अवस्थामा छ । आरसीबी मुख्यतया ब्याकअप खेलाडीहरू वा आफ्नो अवस्थित टोलीलाई अझ सन्तुलित बनाउने खेलाडीहरूको खोजीमा हुनेछ । टोलीले एक भारतीय टप–अर्डर ब्याटर, एक भारतीय स्पिनर र एक विदेशी ब्याटर अनुबन्ध गर्न सक्नेछ ।

IPL Auction

अनुबन्ध गर्न सक्ने खेलाडीहरूः वेंकटेश अय्यर, रवि बिश्नोई, डेभिड मिलर, राहुल चाहर, पृथ्वी शा ।

बाँकी रकम (पर्स) : १६.४० करोड भारू
खाली स्थान : अधिकतम ८ (२ विदेशी)

हालको टोली : रजत पाटीदार (कप्तान), विराट कोहली, देवदत्त पडिक्कल, फिल साल्ट, जितेश शर्मा, क्रुणाल पाण्ड्या, स्वप्निल सिंह, टिम डेभिड, रोमारियो सेफर्ड, ज्याकोब बेथेल, जोस हेजलउड, यश दयाल, भुवनेश्वर कुमार, नुवान तुषारा, रसिक सलाम, अभिनन्दन सिंह, सुयश शर्मा ।

चेन्नई सुपर किंग्स (सीएसके)

चेन्नाईको प्राथमिकता तल्लो मध्यक्रम (लोअर मिडल अर्डर) लाई बलियो बनाउनु हुनेछ, जहाँ उनीहरूले कम्तीमा दुई खेलाडी भित्र्याउन सक्छन् । टोलीले एक मुख्य भारतीय स्पिनर र एक विदेशी तीव्र गतिको बलरको ब्याकअप पनि खोज्नेछ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : लियाम लिभिङ्स्टन, रवि बिश्नोई, मथिशा पाथिराना, म्याट हेनरी, प्रशान्त वीर ।

बाँकी रकम (पर्स) : ४३.४० करोड
खाली स्थानः अधिकतम ९ (४ विदेशी)

हालको टोली : ऋतुराज गायकवाड (कप्तान), आयुष म्हात्रे, एमएस धोनी, डेवाल्ड ब्रेभिस, उर्विल पटेल, शिवम दुबे, जेमी ओभरटन, रामकृष्ण घोष, नुर अहमद, खलील अहमद, अंशुल कम्बोज, गुरजपनीत सिंह, श्रेयस गोपाल, मुकेश चौधरी, नाथन एलिस, सञ्जु सैमसन ।

मुम्बई इन्डियन्स (एमआई)

मुम्बई इन्डियन्स यो मिनी–अक्सनमा अन्य टोलीको तुलनामा सबैभन्दा कम बजेट तर मैदानमा उत्रिन तयार सन्तुलित टोलीका साथ प्रवेश गर्दैछ । मुम्बईले विदेशी विकेटकिपर ब्याटर रायन रिकलटनको ब्याकअप खोज्नेछ । साथै, भारतीय मध्यक्रमका ब्याटर र भारतीय स्पिनरहरू पनि टोलीको रडारमा पर्न सक्छन् ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : जोनी बेयरस्टो, क्विन्टन डी कक, फिन एलेन, सलिल अरोडा, सरफराज खान । 

बाँकी रकम (पर्स) : २.७५ करोड
खाली स्थान : अधिकतम ५ (१ विदेशी)

हालको टोली : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, सूर्यकुमार यादव, तिलक वर्मा, रायन रिकलटन, रोबिन मिन्ज, मिचेल सान्टनर, कोर्बिन बोश, नमन धीर, जसप्रित बुमराह, ट्रेन्ट बोल्ट, अल्लाह गजनफर, अश्विनी कुमार, दीपक चाहर, विल ज्याक्स, रघु शर्मा, राज अंगद बावा, शेरफेन रदरफोर्ड, मयंक मार्कन्डे, शार्दुल ठाकुर ।

कोलकाता नाइट राइडर्स (केकेआर)

कोलकाताको ‘प्लेइङ ११’ मा खाली ठाउँ धेरै छन् । टोलीलाई मुख्य रूपमा एक विदेशी ओपनिङ विकेटकिपर ब्याटर, मध्यक्रमको बलियो आधार, एक फिनिसर र एक विदेशी तीव्र गतिको बलर आवश्यक छ । केकेआरसँग अक्सनमा खर्च गर्न सबैभन्दा धेरै रकम छ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : क्यामरुन ग्रीन, मथिशा पाथिराना, वेंकटेश अय्यर, ज्याकोब डफी, कार्तिक शर्मा ।

बाँकी रकम (पर्स)  : ६४.३० करोड
खाली स्थान : अधिकतम १३ (६ विदेशी)
हालको टोली : अजिंक्य रहाणे, सुनिल नरेन, रिंकु सिंह, अंगकृष रघुवंशी, मनिष पाण्डे, वरुण चक्रवर्ती, रमनदीप सिंह, अनुकुल रोय, रोभम्यान पावेल, हर्षित राणा, वैभव अरोडा, उमरान मलिक ।

सनराइजर्स हैदराबाद (एसआरएच)

सनराइजर्स हैदराबाद पक्कै पनि एक वा दुई भारतीय तीव्र गतिका बलर र भारतीय फिनिसरहरूको खोजीमा हुनेछ । ‘ओरेन्ज आर्मी’ ले हेनरिक क्लासेन जस्ता स्थापित स्टारहरूका लागि उपयुक्त ब्याकअप खोज्न सक्छ भने भारतीय स्पिनर भित्र्याउन पनि जोड दिनेछ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : कार्तिक शर्मा, औकिब दार, वेंकटेश अय्यर, सलिल अरोडा, रवि बिश्नोई ।

बाँकी रकम (पर्स) : २५.५० करोड
खाली स्थान : अधिकतम १० (२ विदेशी)

हालको टोली : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, अनिकेत वर्मा, आर स्मारन, इशान किशन, हेनरिक क्लासेन, नितिश कुमार रेड्डी, हर्ष दुबे, कामिन्दु मेन्डिस, हर्षल पटेल, ब्राइडन कार्स, जयदेव उनादकट, ईशान मलिंगा, जीशान अन्सारी ।

राजस्थान रोयल्स (आरआर)

मिनी–अक्सनअघि वानिनिन्दु हसरंगा र महेश थिक्षाना दुवैलाई रिलिज गरेकाले राजस्थानले एक मुख्य स्पिनर अनुबन्ध गर्ने सम्भावना प्रबल छ । साथै, एक टप–अर्डर भारतीय वा विदेशी ब्याटर पनि उनीहरूको प्राथमिकताको सूचीमा हुनेछन् ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : रवि बिश्नोई, वेंकटेश अय्यर, राहुल चाहर, माइकल ब्रेसवेल, डेभिड मिलर ।

बाँकी रकम (पर्स) : १६.०५ करोड
खाली स्थान : अधिकतम ९ (१ विदेशी)

हालको टोली : यशस्वी जैसवाल, ध्रुव जुरेल, रियान पराग, वैभव सूर्यवंशी, शुभम दुबे, लुहान–ड्रे प्रिटोरियस, शिमरोन हेटमायर, युद्धवीर सिंह चरक, जोफ्रा आर्चर, तुषार देशपांडे, क्वेना मफाका, नान्द्रे बर्गर, सन्दीप शर्मा, रविन्द्र जडेजा, साम कुरान, डोनोभान फरेरा ।

गुजरात टाइटन्स (जीटी)

शेरफेन रदरफोर्डलाई मुम्बई इन्डियन्समा ट्रेड गरेपछि गुजरात टाइटन्स मध्यक्रमका बलियो ब्याटर (सम्भवतः विदेशी) को खोजीमा हुनेछ । कगिसो रबाडाको चोटको इतिहासलाई ध्यानमा राख्दै उनीहरूले विदेशी पेस बलर पनि टिममा भित्र्याउन सक्ने अपेक्षा गरिएको छ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : डेभिड मिलर, वेंकटेश अय्यर, लियाम लिभिङ्स्टन, लुंगी एनगिडी, कुपर कोनोली ।

बाँकी रकम (पर्स) : १२.९० करोड
खाली स्थान : अधिकतम ५ (४ विदेशी)

हालको टोली : शुभमन गिल (कप्तान), साई सुदर्शन, कुमार कुशाग्र, अनुज रावत, जोस बटलर, निशान्त सिन्धु, वाशिङ्टन सुन्दर, अर्शद खान, शाहरुख खान, राहुल तेवतिया, कागिसो रबाडा, मोहम्मद सिराज, प्रसिद्ध कृष्णा, इशान्त शर्मा, गुरनुर सिंह बरार, राशिद खान, मानव सुथार, साई किशोर, जयन्त यादव, ग्लेन फिलिप्स ।

पञ्जाब किंग्स (पीबीकेएस)

पञ्जाब किंग्सको मुख्य आवश्यकता अस्ट्रेलियाली विकेटकिपर ब्याटर जोस इंग्लिसको विकल्प खोज्नु हुनेछ । २०२६ को पूरै सिजन उपलब्ध नहुने भएकाले उनलाई रिलिज गरिएको थियो । पञ्जाबसँग अधिकतम चार स्थान बाँकी छन् र उनीहरूले ग्लेन म्याक्सवेलको विकल्प पनि खोज्न सक्छन् ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : जेमी स्मिथ, कुपर कोनोली, जोनी बेयरस्टो, ड्यारिल मिचेल, जेक फ्रेजर–म्याकगुर्क ।

बाँकी रकम (पर्स) : ११.५० करोड
खाली स्थान : अधिकतम ४ (२ विदेशी)
हालको टोली : प्रभसिमरन सिंह, प्रियान्श आर्य, श्रेयस अय्यर, शशांक सिंह, नेहाल वढेरा, मार्कस स्टोइनिस, अजमतुल्लाह ओमरजाइ, मार्को जानसन, हरप्रीत बरार, युजवेन्द्र चहल, अर्शदीप सिंह, मुशीर खान, प्याला अविनाश, हरनुर पन्नु, सूर्यांश सेड्गे, मिचेल ओवेन, जेभियर बार्टलेट, लोकी फग्र्युसन, वैशाक विजयकुमार, यश ठाकुर, विष्णु विनोद ।

दिल्ली क्यापिटल्स (डीसी)

फाफ डु प्लेसिस र जेक फ्रेजर–म्याकगुर्क दुवैलाई रिलिज गरेपछि विदेशी टप–अर्डर ब्याटरहरू दिल्ली क्यापिटल्सको प्राथमिकता सूचीमा सबैभन्दा अगाडि हुनेछन् । पाँच विदेशी स्लट बाँकी हुँदा दिल्लीले मध्यक्रमका विदेशी हिटरहरू पनि लिन सक्छ । एक भारतीय पेसर पनि उनीहरूको सर्टलिस्टमा पर्न सक्छ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : डेभिड मिलर, जेमी स्मिथ, क्विन्टन डी कक, औकिब दार, सिमरजीत सिंह ।

बाँकी रकम (पर्स) : २१.८० करोड
खाली स्थान : अधिकतम ८ (५ विदेशी)

हालको टोली : अक्षर पटेल (कप्तान), केएल राहुल, अभिषेक पोरेल, ट्रिस्टन स्टब्स, करुण नायर, समीर रिजवी, आशुतोष शर्मा, विप्रज निगम, माधव तिवारी, त्रिपुराना विजय, अजय मण्डल, कुलदीप यादव, मिचेल स्टार्क, टी नटराजन, मुकेश कुमार, दुशमन्था चमिरा, नितिश राणा ।

लखनऊ सुपर जाइन्ट्स (एलएसजी)

लखनऊले पनि आफ्नो महँगा खेलाडी डेभिड मिलरलाई रिलिज गरेपछि एक वा दुई मध्यक्रमका ब्याटर र सम्भावित फिनिसरहरूमा नजर राख्नेछ । एलएसजीले दिग्भेश राठीको पार्टनर वा ब्याकअपको रूपमा भारतीय स्पिन बलिङ विकल्पहरू पनि खोज्न सक्छ ।

अनुबन्ध गर्न सक्ने खेलाडीहरू : लियाम लिभिङ्स्टन, कार्तिक शर्मा, वेंकटेश अय्यर, रवि बिश्नोई, अभिनव मनोहर ।

बाँकी रकम (पर्स) : २२.९५ करोड
खाली स्थान : अधिकतम ६ (४ विदेशी)

हालको टोली : ऋषभ पन्त (कप्तान), निकोलस पुरन, मिचेल मार्श, अब्दुल समद, आयुष बडोनी, एडेन मार्कराम, म्याथ्यू ब्रिट्जके, हिम्मत सिंह, शाहबाज अहमद, अर्शिन कुलकर्णी, मयंक यादव, आवेश खान, मोहसिन खान, मनिमारन सिद्धार्थ, दिग्भेश राठी, प्रिन्स यादव, आकाश सिंह, मोहम्मद शमी, अर्जुन तेन्दुलकर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप