गायक अमृत गुरुङसहित ९ जनालाई नवरत्न सम्मान
पोखरा । पोखरा महानगरपालिकाले उत्कृष्ट काम गर्ने ९ जनालाई नवरत्न सम्मान गरेको छ ।
महानगरको ६७औँ स्थापना दिवसको अवसरमा नवरत्न सम्मान गरेको हो । सम्मानित हुनेमा गायक तथा सङ्गीतकार अमृत गुरुङ सहितका श्रष्टा छन् । नेपथ्य ब्याण्डसँग आबद्ध भएर गुरुङले दर्जनौँ गीतमा स्वर दिएका छन् ।
पुम्दीकोटमा विशाल महादेव मूर्ति बनाउने परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बराल, उद्योगी चन्द्रकृष्ण कर्माचार्य, साहित्यकार तीर्थ श्रेष्ठ, पत्रकार तीलकमान गुभाजु पनि सम्मानित भएका छन् ।
यस्तै, प्राडा बुद्धिबहादुर थापालाई स्वास्थ्य क्षेत्रबाट सम्मान गरिएको छ भने खेलकुद क्षेत्रबाट वीरेन्द्रसिंह गुरु, उद्यमशीलताबाट रामकली खड्का र उद्योगबाटै हरि पाण्डेलाई सम्मान गरिएको छ ।
उनीहरूलाई २ लाख २ हजार २ सय दुई रुपैयाँ नगदसहित ताम्रपत्र, दोसल्ला, तक्माले बुधबार सम्मान गरिएको हो ।
महानगरको उन्नयनमा योगदान गरेबापत महानगरले तेस्रो पटक नवरत्न सम्मान गरेको हो । यसअघि २०५५ र २०५९ सालमा पनि सम्मान गरिएको थियो । २०७२ सालमा तीन जनालाई पोखरा रत्नसम्मान गरिएको थियो ।
अहिलेको सम्मानका लागि महानगरले छुट्टै कार्यविधि तयार गरेको थियो । पोखरा महानगरमा स्थायी ठेगाना भएका र महानगरभित्र मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई मात्रै सम्मान गर्ने कार्यविधिमा व्यवस्था थियो ।
यसबाहेक फौजदारी अभियोगमा कसुरदार नठहरिएको, उच्च नैतिक चरित्र भएको, पोखरामा बसोबास गरी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिभा प्रदर्शन गरेर पोखराको पहिचान अभिवृद्धि गरेको व्यक्तिलाई रत्न सम्मानका लागि छनोट गरिएको समितिका सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हालसम्म ३० जनाले नवरत्न सम्मान प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण