अपडेट
लामिछानेलाई धरौटीमा छाड्ने अदालतको आदेशपछि रास्वपाले भन्यो : प्रतिशोध खारेज भयो
बिहीबार, ०३ पुस २०८२, १७ : ३३
सारांश
- उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दियो।
- रास्वपाले अदालतको निर्णयलाई राजनीतिक प्रतिशोध खारेज भएको प्रतिक्रिया दिएको छ।
- पार्टी महामन्त्रीका अनुसार अब स्वच्छ राजनीति अगाडि बढाइनेछ।
काठमाडौँ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भएकाले स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिए ।
‘अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भयो । अव स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले रातोपाटीलाई प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ । धरौटीबापतको बिगो रकम पहिला नै बुझाइ सकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण