बागमतीका ८ सांसदले जिते एमाले केन्द्रीय सदस्य र आयोग सदस्य
मकवानपुर । बागमती प्रदेशका ८ जना सांसदले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा जित निकालेका छन् ।
नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा बागमती प्रदेशका बहालवाला ८ सांसदले विभिन्न क्लस्टरमा केन्द्रीय सदस्य पदमा जितेका हुन् ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका जेउन थपलियासहितका नेताहरूले निर्वाचनमा सफलता हात पारेका हुन् ।
केन्द्रीय सदस्य खुला क्लस्टरमा थपलियाले ३८ औँ स्थानमा रहेर १ हजार २७७ मत सहित जित निकालेका हुन् भने बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका अमन कुमार मास्केले १५ औँ स्थानमा रहेर केन्द्रीय सदस्य पदमा जितेका छन् । उनले १ हजार ४३८ मत प्राप्त गरे ।
त्यस्तै केन्द्रीय सदस्य समावेशी आदिवासी जनजाती खुला क्लस्टरमा सांसद एकालाल श्रेष्ठले जितेका छन् । उनले १ हजार ५०९ मत प्राप्त गरे ।
केन्द्रीय सदस्य खुला महिला क्लस्टरमा सांसदहरू उर्मिला सुनुवार, भारती पाठक र शकुन्तला श्रेष्ठले जितेका छन् । सांसद सुनुवारले १ हजार ८५८ मत, पाठकले १ हजार ९१५ मत र श्रेष्ठ १ हजार ७९५ मत प्राप्त गरे ।
केन्द्रीय अनुशासन आयोग सदस्यमा सांसद एवम् पूर्व मन्त्री कृष्ण प्रसाद सिलवालले १ हजार ८०३ सहित विजयी हुँदा केन्द्रीय लेखा आयोग सदस्यमा रामेश्वर श्रेष्ठले १ हजार ६५१ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण