लुम्बिनीमा रास्वपाले गर्यो समानुपातिक सांसदका उम्मेदवारसँग छलफल
शनिबार, ०५ पुस २०८२, १२ : ४४
सारांश
- रास्वपाले लुम्बिनी प्रदेशमा समानुपातिक सांसद छनोटबारे छलफल सुरु गरेको छ।
- दाङको लमहीमा सांसद पदका उम्मेदवारहरूसँग छलफल भएको हो, जसमा गणेश पराजुलीको नेतृत्व थियो।
- समानुपातिक सांसदका लागि ४५ जनाले निवेदन दिएका छन्, र भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिनेछ।
बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि छलफल सुरु गरेको छ । दाङको लमहीमा आज रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा सांसद पदमा उम्मेदवारका लागि निवेदन दिएकाहरूसँग छलफल गरिएको हो

छलफलमा प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरूको सहभागिता रहेको छ । लुम्बिनी प्रदेशमा सो पार्टीबाट समानुपातिक सांसदको उम्मेदवारका लागि ४५ जनाले निवेदन दिएका छन् ।
‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँग छलफल गरी भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिने पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
-
रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण