टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
काठमाडौँ । पाँचौँ अल नेपाल अन्तर वडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर महानगरपालिका-८ का रुविन महर्जन र शिवसताक्षी-८ की इभाना थापाले स्वर्ण पदक जितेका छन् । खुला सिङ्गल्सको पुरुषमा रुविन र महिलामा इभाना च्याम्पियन बनेका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको पुरुषतर्फ फाइनलमा रुविनले ललितपुर-१६ का संयोग कपालीलाई ४–११, ११–८, ६–११, ११–५, १४–१२ र ११–९ को सेटमा पराजित गरे । बेलकोटगढी-८ का गनन्जय दाहाल र ललितपुर ७ का एलेक्स महर्जन तेश्रो भए ।
महिलातर्फ उपाधि भिडन्तमा इभानाले सङ्खुवासभा-४ की वियंका राईलाई ७–११, ११–६, ११–४, १–११, ११–९ र ११–६ को सेटमा पराजित गरिन् । धरान उपमहानगरपालिका—१६ की दीक्षा दाहाल र काठमाडौँ महानगरपालिका-२६ की अनिता महर्जन तेश्रो बने ।
स्पिन इभेन्ट्सको व्यवस्थापन तथा स्पिन टेबलटेनिस क्लबको आयोजनामा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिङ्गल्समा काठमाडौँ—२६ का चन्दन शाही पहिलो भए । उनले फाइनलमा ललितपुर-२ का समीप श्रेष्ठलाई ११–३, ११–७ र ११–८ ले पाखा लगाए ।
५० वर्षमाथि पुरुष सिङ्गल्स फाइनलमा ललितपुर-११ का राजेन्द्र बज्राचार्यले कीर्तिपुर-६ का जय महर्जनको चुनौती १२–१०, १२–१४, ११–६ र ११–७ ले पन्छाउँदै पहिलो भए । पुरुष टोली इभेन्टमा ललितपुर-८ को टोलीले ललितपुर-७ लाई ३–० ले पराजित गरी स्वर्ण जित्यो ।यो सँगै उक्त टोलीले तीन स्वर्ण जित्न सफल भयो ।
विजेतालाई बागमती प्रदेशकी युवा तथा खेलकुदमन्त्री उर्मिला नेपाल केसी, बागमती प्रदेश खेलकुद विकास परिषद्, का सदस्य–सचिव दीपक लामा, अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक स्पिन टेबलटेनिस क्लबका अध्यक्ष सुमन शाक्यलगायतले एक कार्यक्रमबिच पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा टेबलटेनिस खेलको निरन्तर विकास, प्रवर्द्धन र संस्थागत उन्नयनमा अतुलनीय योगदान पुर्याएको भन्दै टेबलटेनिसका पूर्वजुनियर राष्ट्रिय च्याम्पियन महेश भीम सेरियालाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।
दुबइमा भएको पाँचौ एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिसको पुरुष सिङ्गल्समा रजत पदक जितेका स्वीकृत न्यौपानेलाई पनि सम्मान गरिएको थियो । पाँचदिने उक्त प्रतियोगितामा चार सय ५० खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका कोषाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक ज्याकी महर्जनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण