घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न
सारांश
- भक्तपुरमा घरेलु उत्पादन प्रवर्द्धन मेला सम्पन्न भयो, जसमा स्थानीय संस्कृति र पर्यटनलाई जोड दिइयो।
- मेलामा ६५ हजारले अवलोकन गरे र २२ लाख बराबरको व्यापार भयो।
- मेलामा घरेलु उत्पादन र स्थानीय परिकारका स्टलहरू थिए।
भक्तपुर । स्थानीय संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको नःपुखु परिसरमा बिहीबारदेखि सुरु भएको तीन दिने १३ औँ घरेलु उत्पादन प्रवर्द्धन मेला–२०८२ शनिबार सम्पन्न भएको छ ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घको आयोजनामा उद्योग वाणिज्य कार्यालय र गो लोकलको सहकार्यमा मेला सम्पन्न भएको हो । तीन दिनमा करिब ६५ हजारले मेला अवलोकन गरेको र विभिन्न स्टलबाट रु २२ लाख बराबरको व्यापार भएको जनाइएको छ ।
मेलामा जुजु धौ, भादगाउँले टोपी, ख्वप बजी, घरबुना कपडा, काष्ठकला, हस्तकला, धातुकला, प्रस्तर कला, माटाका भाँडा, कृषि उत्पादन, तोरीको तेल, नेपाली अचार, पाउका प्रकारहरू, नेवारी खाजाका परिकार, च्याउका परिकार, नर्सरी तथा अन्य थुप्रै घरेलु उत्पादन प्रदर्शनीमा राखिएका थिए ।
गो लोकलका संयोजक वीरेन्द्र जतिका अनुसार मेलामा घरेलु उत्पादनदेखि स्थानीय परिकारका ४२ भन्दा बढी स्टल रहेको थिए । प्रवेश निःशुल्क गरिएको मेलामा स्थानीय उत्पादन खरिद एवं अवलोकनका लागि भक्तपुर र आसपासका जिल्लाबाट उपभोक्ताको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण