मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छ : सञ्चारमन्त्री
आइतबार, ०६ पुस २०८२, २१ : २५
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनम होमिएको दाबी गरेका छन् । ठुला राजनीतिक दलहरुले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भईरहेका बेला उनले सो दाबी गरेका हुन् ।
आइतबार सिंहदरबारमा आफूले सय दिन सम्पादन गरेका कामहरुबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको बताए ।
उनले सरकारले भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको जिकिर समेत गरे । सञ्चारमन्त्री खरेलले सरकार जेनजी आन्दोलनको मर्मअनुसार अघि बढेको समेत दोहोर्याए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण