ललितपुरमा केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत फेला
सारांश
- भक्तपुरको जंगलमा २१ वर्षीय पारुहाङ राई मृत फेला परेका छन्, उनको शव हत्या गरिएको अवस्थामा फेला परेको छ।
- प्रहरीले मृतक राईको हत्याको सम्बन्ध ललितपुरमा केशवराज हायुको हत्यासँग जोडेको छ, जसमा हायुको शव इनारमा फेला परेको थियो।
- प्रहरीले यस घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ, जसमा एकजना मृतक हायुको बहिनी ज्वाइँ छन्।
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एकजना युवक मृत भेटिएका छन् । भोजपुर अरुण गाउँपालिका–३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् ।
उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ । हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । उनले भने, ‘हत्या गरेको फालेको जस्तो देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
पारुहाङ र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या बिच ‘कनेक्सन’ पनि देखिएको छ । सिन्धुली गोलन्जोरका गाउँपालिका–३ का हायु पुस २ मा शेरेफाँटमा मृत भेटिएका थिए । फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा शव हायुको शव भेटिएको थियो ।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृत भन्छन्, ‘दुवै हत्या एक अर्कामा अन्तरसम्बन्धित देखिएका छन् ।’
पारुहाङको पनि टाउकोमा चोट देखिएको छ । सोमबार बिहान जंगलमा भेटिएका पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको छ । दुवै जनालाई एउटै समूहले हत्या गरेको प्रहरीको आशङ्का छ ।
हत्यामा संलग्न आशंकामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने एकजना सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल हुन् । उनी मृतक हायुका बहिनी ज्वाइँ हुन । पक्राउ परेका अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
कम्तीमा ३ जना मिलेर उनीहरूको हत्या गरेको आशङ्का गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ति अधिकृत भन्छन्, ‘समूहले हत्या गरेर मोटरसाइकलमा ल्याएर तरकारी फार्मको इनारमा फालेको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण