पार्टी फुटाउनेलाई कारबाही गर्न जनमतको माग
सोमबार, ०७ पुस २०८२, १६ : ५१
सारांश
- जनमत पार्टीका उपाध्यक्ष वसन्त कुसवाहले पार्टी फुटाउनेलाई कारबाहीको माग गरेका छन्।
- सर्वोच्चले निर्वाचन आयोगको पार्टी फुटाउने निर्णय बदर गरिसकेको छ।
- कुशवाहले निर्वाचन आयोगले चुनावप्रति प्रतिबद्धता देखाउनुपर्ने बताए।
काठमाडौँ । जनमत पार्टीका उपाध्यक्ष वसन्त कुसवाहले आफ्नो पार्टी फुटाउनेलाई कारबाही गर्न माग गरेका छन् । सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा उनले यस्तो बताएका हुन् । यद्यपि सर्वोच्चले निर्वाचन आयोगको पार्टी फुटाउने निर्णय बदर गरिसकेको छ ।
‘निष्क्रिय अध्यादेशलाई सहारा बनाएर हाम्रो पार्टी फोड्ने काम भयो’, उनले भने, ‘तपाईंहरुले हाम्रो ३०, ३५ दिनको समय वेस्ट गराइदिनुभयो त्यसको क्षतिपूर्ति के ?’
निर्वाचन आयोग आफै चुनाव घोषणा भइसकेपछि पार्टी फोड्ने काममा लागेबाटै चुनाव हुनेमा विश्वस्त हुन नसकेको कुसवाहको भनाइ छ ।
‘त्यो पार्टी विभाजन गर्ने काममा जो जो आयोगमा सामेल थिए, तिनीहरूलाई कारबाही हुनुपर्छ अनि मात्र यो सरकार र आयोग चुनावप्रति प्रतिबद्ध छ भन्नेमा जनमत पार्टी विश्वास गर्छ’, कुशवाहको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण