बागमतीका सरकारी अस्पताल सुधार्ने कसरत, भक्तपुरबाट सुरु भयो अनुगमन अभियान
सारांश
- बागमती प्रदेश सरकारले अस्पतालको सेवा सुधारका लागि अनुगमन सुरु गरेको छ।
- टोलीले भक्तपुर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र बिरामीको अवस्थाबारे जानकारी लिएको छ।
- अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरी सेवा सुविधा बढाउन माग गरिएको छ।
भक्तपुर । बागमती प्रदेश सरकारले आफ्ना मातहतका अस्पतालहरूको सेवा सुधार्न विशेष अनुगमन तथा निरीक्षण अभियान सुरु गरेको छ। प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीको नेतृत्वमा स्वास्थ्य सचिव डा. सुमित्रा गौतमसहितको टोलीले मंगलबार भक्तपुर अस्पतालको स्थलगत निरीक्षण गर्दै यो अभियानको थालनी गरेको हो।
प्रदेशभित्रका सबै सरकारी अस्पताललाई जनसेवामैत्री, सुविधासम्पन्न र उत्कृष्ट बनाउने लक्ष्यका साथ सरकारले यो कदम चालेको हो। टोलीले वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पतालका रूपमा चिनिने भक्तपुर अस्पतालको सेवा प्रवाह, व्यवस्थापन र बिरामीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ।
प्रमुख सचिव अधिकारीले बिरामीका शय्यामै पुगेर उपचारको गुणस्तर र अस्पतालको व्यवस्थापनबारे सोधपुछ गरेका थिए। थोरै जनशक्ति र सीमित स्रोतसाधनका बाबजुद पनि भक्तपुर अस्पतालले गुणस्तरीय सेवा दिएर उदाहरणीय काम गरेको भन्दै उनले प्रशंसा गरे। अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन कर्मचारी र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया समेत गरिएको छ।
स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बिरामीलाई पूर्ण सन्तुष्ट बनाएर घर पठाउने गरी काम गर्न निर्देशन दिँदै आवश्यक पूर्वाधार र उपकरणका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। उनले भक्तपुर अस्पताललाई तीन सय शय्यामा विस्तार गर्न नयाँ भवन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिइन्।
अस्पतालका मेडिकल डाइरेक्टर डा. सुरेन्द्र भट्ट र विकास समितिका अध्यक्ष शशीजङ्ग थापाले जनशक्ति अभाव र पूर्वाधारको समस्याबारे टोलीलाई जानकारी गराउँदै केन्द्र र प्रदेश सरकारको थप ध्यानाकर्षण गराएका छन्।
छलफलका क्रममा कर्मचारीहरूले बिरामीको उच्च चापअनुसार जनशक्ति थप्नुपर्ने र सेवा सुविधा बढाउनुपर्ने माग राखेका थिए। प्रमुख सचिव अधिकारीले प्राप्त सुझाव र गुनासोलाई सम्बोधन गर्दै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण