माैसम पूर्वानुमान
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
बिहीबार, १० पुस २०८२, ०६ : ११
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
- तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
- हुस्सु र कुहिरोका कारण जनजीवन, यातायात र स्वास्थ्यमा प्रभाव पर्न सक्ने देखिएको छ।
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल तराईका अधिकांश स्थानहरूमा कुहिरो लागेको छ ।
आज दिउँसो देशका तराई भूभागमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
आज राति देशका तराई भूभागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण