भोलिदेखि अन्तर्राष्ट्रिय मैथिली सम्मेलन
मोरङ । मैथिली भाषा–साहित्य, मिथिला संस्कृति, सभ्यताको संरक्षण, सम्वद्र्धन गर्न भोलिदेखि विराटनगरमा दुई दिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०२५ हुने भएको छ । मैथिली एशोसिएसन नेपालद्वारा यही पुस १२ र १३ गते हुने सम्मेलनमा नेपाल–भारतलगायत अन्य मुलुकका एक सयजना मैथिली भाषी प्रतिनिधिको सहभागिता रहने आयाजकले जनाएको छ ।
आयोजक मैथिली एसोसिएसनका अध्यक्ष प्रवीणनारायण चौधरीका अनुसार सम्मेलनमा वृहतस्तरको बौद्धिक विमर्श, कवि सम्मेलन, मिथिला समाजको विविध सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । त्यसैगरी मैथिली भाषा–साहित्यमा प्रकाशित पुस्तक प्रदर्शनी, मिथिला चित्रकला प्रदर्शनी, मिथिलाको पैराणिक परम्परा वेदपाठ, शङ्घघोषको प्रस्तुति, मिथिला खानाको परिकारको प्रदर्शनी, लोकनृत्य, लोकगीत, कवि सम्मेलन आदि लगायतका कार्यक्रम हुने बताइएको छ ।
‘भाषा नै मानव जीवनको मूल आधार हो, आफ्नो भाषा पहिले आफैँ जोगाउनुपर्छ, भाषा बाँचे मात्र सम्यता बाँच्न सक्छ’ भन्ने मूल मन्त्रका साथ सम्मेलनमा ११ वटा महत्वपूर्ण विषयमा प्रस्तुति हुने आयोजक संस्थाका उपाध्यक्ष पंकज बर्माले बताए । सम्मेलनले विश्वभरका १० करोड मैथिली भाषीलाई जोड्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
-
कम्पनी ऐन २०८३ को मस्यौदा : खारेजी प्रक्रिया सहज, साना कम्पनीलाई राहत
-
४० को उमेरपछि मुटुलाई फिट राख्न गर्नै पर्छ यी परीक्षण
-
अस्ट्रेलियाली अभियन्तामाथि पनि दुर्व्यवहारको आरोपबारे अनुसन्धान सुरु
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण