झापाका पाँच वटै क्षेत्रबाट नेकपाका उम्मेदवार सिफारिस
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले झापाको पाँच वटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । बिहीबार बसेको उम्मेदवार छनोट समितिको बैठकले नामावली केन्द्रीय कमिटीमा सिफारिस गरेको हो ।
आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि झापा १ बाट प्रत्यक्षतर्फ सविता भण्डारी, माधव अर्याल, चन्द्रा कार्की, अशेष घिमिरे र बिपी भट्टराई, समानुपातिक तर्फ मुकुलचन्द्र राजवंशी, कोविलाल मेचे, पर्शुराम शंकर, तारा राज ओली, उदय बराइली, तारा रुचाल र सुर्यबहादुर विक र राष्ट्रियसभा तर्फ बोधराज दाहाल (असिम) र बद्रीनाथ फुयाँलको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ का लागि प्रत्यक्ष तर्फ हरिबोल गजुरेल, धर्मशिला चापागाई, बासुदेव दुलाल, प्रत्युस आजाद राना र प्रज्वल कडरिया (जेनजेड), समानुपातिक तर्फ हरिकुमार राना, ज्योति सिंह दर्लामी, भाष्करराज काफ्ले, सनम राजवंशी, योगेश खपांगी, डा. विष्णुप्रसाद मिश्र, देवी बराल, डा. मुरली शाह, दुर्गा आचार्य र तिर्थ सिग्देल र राष्ट्रियसभा तर्फ लोकबन्धु कन्दङ्बाको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ का लागि प्रत्यक्ष तर्फ पुष्पराज पोखरेल, पुर्णसिंह राजवंशी, डम्बर गिरी, चन्द्रा श्रेष्ठ र पृतम वन (जेनजेड), समानुपातिक तर्फ मोहन टुडु, हिरा राजवंशी, देवेन्द्र किशोर ढुंगाना, डिल्लीराम घिमिरे र गंगाप्रसाद ओली, राष्ट्रियसभा तर्फ बेदराज रेग्मीको नाम सिफारिस गरिएको उम्मेदवार छनौट समिति सदस्य रञ्जित तामाङले जानकारी दिए ।
क्षेत्र नम्बर ४ का लागि प्रत्यक्ष तर्फ झलक सिंह दर्लामी, पुरुषोत्तम चुडाल, गौरीमान राई, टेकेन्द्र चम्लागाई (जेनजेड), अम्बिका उप्रेती र प्रतिक राजवंशी (जेनजेड), समानुपातिक तर्फ मणिकुमार साम्पाङ, कल्पना कार्की, चन्द्रमोहन राजवंशी, केयरसिंह बस्नेत, ढुण्डीराज गुरागाई र जेबुल हक त्यस्तै राष्ट्रियसभा तर्फ रामकुमार राई, दिनेशचन्द्र राजवंशी र भरत श्रेष्ठको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ५ का लागि प्रत्यक्षतर्फ रञ्जित तामाङ, दिपेनवाला राई, हरिमाया मैनाली, विवेक गौतम र सुरेन्द्र बस्नेत, समानुपातिक तर्फ अजय अग्रवाल, सुलोचना राजवंशी, गंगा धिमाल, सुमित्रा वाङदेल, राधिका ओझा, डम्बर पुलामी, भुमिका कोइराला र लाल सुन्दर राई र राष्ट्रियसभा तर्फ प्रविणकुमार राई, दुर्गा चौलागाई र रमेश गुरागाईको नाम सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालयको बोर्डबाटै 'यातायात' शब्द गायब गरियो : अध्यक्ष सिटौला
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण