मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा नेकपाले गर्‍यो पाँचवटै क्षेत्रका लागि उम्मेदवार सिफारिस

शुक्रबार, ११ पुस २०८२, १३ : २२
शुक्रबार, ११ पुस २०८२

झापा । नेपाली कम्युनिष्ट पार्टीले झापाको पाँचवटै क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । नेकपाजिल्ला कमिटी झापाले उनीहरुको नाम सिफारिस गरेको हो ।

क्षेत्र नं ४ का लागि प्रत्यक्षतर्फ झलकसिंह दर्लामी (सन्देश), पुरुषोत्तम चुडाल, टिकेन्द्रप्रसाद चम्लागाँई (मनिष), अम्बिका उप्रेती र प्रतिक राजवंशी सिफारिस भएका छन् ।

जिल्ला कमिटी झापाले जेनजी तर्फबाट  चम्लागाँईलाई सिफारिस गरेको छ ।  चम्लागाँई त्रिभुवन विश्वविद्यालयका विद्यार्थी नेता हुन् भने उनी विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् ।

उनी सामाजिक, शैक्षिक तथा राजनितिक विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएका छन् ।  उनी झापामा पनि सामाजिक कार्यमा सक्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप