पुस २७ गतेदेखि ‘इन्डो-नेपाल मेचीनगर मिडिया कप’ फुटबल प्रतियोगिता हुने
झापा । झापामा पुस २७ र २८ गते ‘इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा हुने प्रतियोगिता काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ ।
दुई देशबीचको आपसीसम्बन्ध स्थापित तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका आठ वटा मिडिया टिमको सहभागिता रहनेछ । प्रतियोगिताका बिजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पौडेलले बताए ।
नकआउटको आधारमा खेलाइने प्रतियोगिताका सम्पूर्ण खेल फिफाको नियम अनुसार खेलाइने र खेल अवधिभर उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलगायतलाई विषयगत विधामा नगदसहित पुरस्कृत गरिने जनाइएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु दुई लाख खर्च अनुमान गरिएको छ । त्यसका लागि स्थानीय सरकार, सङ्घसंस्था तथा उद्योगी व्यवसायी समक्ष सहयोगका निम्ति आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण