सानीभेरी कर्णाली प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका
रुकुम– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले सानीभेरीलाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरेका हुन् ।
उनले कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको भन्दै बधाई दिँदै यो कार्य अत्यन्तै सराहनीय पक्ष भएकाले यसलाई दिगो बनाई राख्नुपर्ने बताए ।
खोपकै अभावमा वर्षेनी हजारौँ बालबालिकाको मृत्यु हुने गरेको अवस्थामा पूर्ण खोप सुनिश्चित हुनु आफैँमा राम्रो कामको सन्देश भएको प्रमुख शर्माले बताए ।
गाउँपालिकामा रहेका दुई वर्षमुनिका बालबालिका सबैले नियमितरुपमा कुनै पनि खोप नछुटाएको पाएपछि पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
नेपाललाई पूर्ण खोप सुनिश्चित देश बनाउने राष्ट्रिय लक्ष्यअनुसार सानीभेरी गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका घोषणा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक लोकेन्द्र डाँगीले बताए । यहाँका ९५ प्रतिशत बालबालिकाले सबै खोप पूरा भएको बताइएको छ ।
गाउँपालिकाका अध्यक्ष नरबहादुर पुनको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंसेविकालगायत व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण