नियमित महाधिवेशन सम्भव बनाऔँ, नत्र विशेषमा जाऔँ : विश्वप्रकाश शर्मा
शुक्रबार, ११ पुस २०८२, १९ : ४२
काठमाडाैँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशनमा जानुपर्नेमा जाेड दिएका छन् ।
शुक्रबार बसेकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा उनले यस्ताे बताएका हुन् ।
उनले विशेष महाधिवेशन पक्षधरले `विशेष महाधिवेशन आह्वानका लागि स्मृति पत्र´ दर्ता गराएको भन्दै यसलाई कार्यसम्पादन समितिले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले नियमित महाधिवेशनको कार्यतालिका हेरफेर गरेर १५ औं महाधिवेशन सम्भव बनाउनुपर्ने बताए । यद्यपि नियमित महाधिवेशनकाे सम्भावना कम रहेकाे उनकाे भनाइ थियाे ।
नियमित महाधिवेशन सम्भव बनाउन नसकिए तत्कालै विशेष महाधिवेशनको प्रक्रिया थाल्नुपनर्नेमा उनले जाेड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण