बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

जीवनमा मनोनीत हुने अवसर एक जनालाई एक पटक दिऊँ : एमाले नेता अधिकारी

शनिबार, १२ पुस २०८२, ०८ : १२
शनिबार, १२ पुस २०८२

सारांश

  • एमाले नेता काशीनाथ अधिकारीले समानुपातिक तर्फ एकपटक सांसद भइसकेका व्यक्तिलाई फेरि अवसर नदिन आग्रह गरे।
  • उनले २०४७ साल यता समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेका व्यक्तिलाई दोहोर्याउन नहुने बताए।
  • अधिकारीले पार्टीमा पद र अवसरको न्यायोचित वितरण हुनुपर्ने र थिति बसाउनुपर्नेमा जोड दिए।

काठमाडौँ । नेकपा एमालेका नेता काशीनाथ अधिकारीले समानुपातिक तर्फ एकपटक सांसद हुने अवसर पाइसकेको व्यक्तिलाई नदोहोर्‍याउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । 

 फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको  नामावली निर्वाचन आयोगमा बुझाउने अन्तिम तयारी भइरहँदा उनले सबै पार्टीहरूले २०४७ सालभन्दा यता एक पटक समानुपातिक वा राष्ट्रियसभा सदस्य भइसकेको व्यक्तिलाई पुनः त्यो अवसर नदिन आग्रह गरे । मध्यरातमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिकारीले एमालेले त यस्ता व्यक्तिलाई समानुपातिकको अवसर दिनै नहुने तर्क अघि सारेका हुन् । 

 ‘२०४७ साल पश्चात् एक पटक समानुपातिक सांसद या राष्ट्रियसभा सदस्य भैसकेका व्यक्तिलाई पुन दोहोराउने काम नगरौँ । कम्तीमा नेकपा एमालेले नगरोस्’ पार्टीको संगठन विभागका पूर्व प्रमुख समेत रहेका अधिकारीले लेखेका छन् ‘जीवनमा एक जनालाई एक पटक मात्र मनोनीत हुने अवसर प्राप्त होस ।’ 

अधिकारीले यस्तो अवसर पनि न्यायोचित वितरण होस भन्ने माग गरेका छन् ।  पार्टीमा पद र अवसरका लागि थिति बसोस् भन्ने आफ्नो विशेष आग्रह रहेको उनको भनाइ छ । 

फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूलाई पुस १२ गतेसम्म समानुपातिक तर्फका उम्मेदवारको सुची निर्वाचन आयोगमा बुझाउने समय सीमा दिएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप