मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

रवि-बालेन सहमति, कुलमान किन समेटिएनन् ?

आइतबार, १३ पुस २०८२, ०७ : ०३
आइतबार, १३ पुस २०८२

काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहबिच साँत बुँदे सहमति भयो । तर पछिल्लो समय एकताका लागि निरन्तर सम्बादमा रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ भने सहमतिमा छुटेका छन् । 

रास्वपा र बालेन दुबैसँग निरन्तर सम्बादमा रहे पनि कुलमान आफ्नो पार्टीको अस्तित्व मेटिने गरी एकता नगर्ने बताउँदै आएका थिए । 

घिसिङले नयाँ शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकता समेत औँल्याउँदै आएका थिए । एकता पछि कायम हुने पार्टीको नाम र जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै घिसिङ एकता प्रक्रियामा सहभागी नभएको बताइएको छ । 

यद्यपि रास्वपा र बालेन शाह पक्षका नेताहरूले घिसिङसँग एकताको सम्भावना कायमै रहेको बताउने गरेका छन् । 

रवि र बालेनबिच भएको सहमतिमा 'अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई पनि सहकार्यका लागि आव्हान गर्ने' विषय उल्लेख छ । यही बुँदामा टेकेर घिसिङलगायतका नेतासँग एकता प्रयास हुने नेताहरूको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप