मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रतिक्रिया

'रास्वपा–बालेन' सहमतिपछि के भने रवि र बालेनले ?

आइतबार, १३ पुस २०८२, ०६ : ०५
आइतबार, १३ पुस २०८२

सारांश

  • रास्वपा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच 'बृहत् एकता' सम्बन्धी सहमति भएको छ।
  • सहमति अनुसार रवि लामिछाने रास्वपाको सभापति रहने र बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइनेछ।
  • रवि लामिछानेले सहमति देशलाई चाहिएको जस्तो हुनुपर्ने बताए भने बालेन शाहले पनि तस्वीर शेयर गरे।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । 

आज बिहान भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ ।

यो सहमतिसँगै रास्वपा सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन्– 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।'

यता बालेन शाहले पनि रवि लामिछानेसँगको फोटो शेयर गर्दै 'शुभप्रभात' लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप