शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

एमालेको पहिलो सचिवालय बैठकमा ओलीले के भने ?

आइतबार, १३ पुस २०८२, १९ : ४८
आइतबार, १३ पुस २०८२

काठमाडाैँ । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनपछि आइतबार पहिलो सचिवालय बैठक बसेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिएका छन् ।  

आइतबार पार्टी कार्यालय च्यासलमा बसेकाे बैठकमा अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले उपमहासचिव लेखराज भट्टले भने,'जेनजी आन्दोलनका नाममा(जेनजीका नाममा) प्रतिक्रान्ति भयो । संसद्को पुनर्स्थापन हुनुपर्नेमा अध्यक्षज्यूले फेरि पनि जोड दिनुभएको छ ।'

त्यस्तै बैठकमा अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जान एमाले तयार रहेको तर सुरक्षा व्यवस्था मजबुत हुनुपर्ने बताएको उपमहासचिव भट्टले जानकारी दिए । 

एमाले निर्वाचनबाट नभागेको समेत ओलीले बताएको उपमहासचिव भट्टले बताए । टोलसम्मै सुरक्षा समिति बन्न सकेमात्रै शान्ति सुरक्षा मजबुत हुने समेत अध्यक्ष ओली बैठकमा भनेका थिए । 

निर्वाचनमा बुथको सुरक्षाको लागि राष्ट्रिय युथ फोर्सको निगरानी हुनुपर्ने समेत बैठकमा अध्यक्ष ओलीले बताएका थिए । 

बैठकले समानुपातिकतर्फको बन्दसूची पारित गर्दै सोमबार निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको  उपमहासचिव भट्टले जानकारी दिए । विभिन्न जिल्लाबाट प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको उनले बताए ।

उपमहासचिव भट्टले रास्वपा र काठमाडौँ महानगरका प्रमुख बालेन शाहको बिचार,सिद्धान्त स्पष्ट नभएको र लेनदेनमा भएको सम्झौता कति समयसम्म टिक्छ भन्ने हेर्न बाँकी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप