प्रहरीले संकलन गर्यो मंसिर महिनामा ४० करोड राजस्व
काठमाडौँ । नेपाल प्रहरीले चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा रु ४० करोड २५ लाख ४९ हजार राजस्व सङ्कलन गरेको छ । कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक अविनारायण काफ्लेका अनुसार प्रहरीले अवैध मालसामान बरामद वापत रु १७ करोड ९५ लाख ६७ हजार, अदालती फैसला कार्यान्वयनबाट रु १२ करोड ३७ लाख ३६ हजार, ट्राफिक कारबाहीवापत रु सात करोड १५ लाख ९३ हजार तथा अवैध सुनचाँदी बरामदवापत रु ८९ लाख ४५ हजार ३९३ राजस्व सङ्कलन गरेको छ ।
यस्तै, हुण्डी कारोबार गर्नेहरुबाट रु ६४ लाख ४३ हजार, स्रोत नखुलेको रकम रु ८५ लाख नौ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन् गर्नेहरुबाट रु २७ लाख ६४ हजार, अवैध काठ बरामदबाट रु दुई लाख ८७ हजार र अवैध पशुपंक्षीको कारोबार गर्नेहरुबाट रु सात लाख दुई हजार बरामद गरेको प्रवक्ता काफ्लेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण