मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

स्पेनमा गएको भीषण हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु

मङ्गलबार, १५ पुस २०८२, १० : ०५
मङ्गलबार, १५ पुस २०८२

अरागोन । स्पेनको अरागोन क्षेत्रमा गएको हिउँपहिरोमा परी तीन पर्वतारोहीको मृत्यु भएको छ । अन्य तीन जनालाई सुरक्षित उद्धार गरिएको छ । स्पेनको सिभिल गार्डले दिएको जानकारीअनुसार हिउँपहिरोमा परी दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

उक्त समूहका अर्की एक महिलाको सामान्य चोटपटक र हाइपोथर्मियाको उपचार भइरहेको छ भने अन्य दुई पुरुष सुरक्षित रहेका छन् । यो घटना उत्तरी स्पेनको अरागोन क्षेत्रको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयनुसार साेमबार दिउँसो करिव १ बजे घटेको थियो ।

बास्क क्षेत्रबाट आएका भनिएका ती पर्वतारोहीहरू करिव २ हजार ७ सय मिटरको उचाईमा रहँदा हिउँपहिरोले उनीहरूलाई पुरेको थियो । सरकारी प्रतिनिधि फर्नान्डो बेल्ट्रानका अनुसार हिउँको ठूलो ढिक्का फुटेर तल खस्दा यो दुर्घटना भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप