मधेसमा कति थपिए मतदाता ?
जनकपुरधाम । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाताको नाम अध्यावधिक भएको छ । मधेसमा २ हजार १६० मतदान केन्द्र र ४ हजार ४७१ मतदान स्थल तोकिएको छ ।
निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयका प्रमुख रोमबहादुर महतका अनुसार पुरुषतर्फ १९ लाख ७२ हजार ९६४ र महिलातर्फ १६ लाख ६३ हजार ३७४ तथा अन्य ७६ जना मतदाता छन् । २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेस प्रदेशमा पुरुषतर्फ १५ लाख ७७ हजार ३१७, महिलातर्फ १३ लाख ३२ हजार ६४० र अन्यतर्फ ६६ गरी कुल २९ लाख १० हजार २३ मतदाता रहेका थिए । जसअनुसार मधेसमा ७ लाख २६ हजार ३९१ मतदाता थपिएका छन् ।
२०७८ सालको जनगणना अनुसार मधेसमा १५ वर्षदेखि ८४ वर्षसम्मको उमेर समूहको जनसंख्या ४० लाख ८४ हजार ३५८ रहेकोमा मतदाता नामावलीमा ३६ लाख ३६ हजार ४१४ जनाको नाम दर्ता छ । मधेसमा हजारौं व्यक्ति अहिले पनि नागरिकताबाट बञ्चित छन् । जसकारण पनि मतदाता नामावलीमा नाम छुटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण